बिराटनगर । कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदै छ।
दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले संसद् अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर सुनाउने तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूले बोल्ने कार्यक्रम छ।
प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
कोसी प्रदेशसभाको पाँचौँ अधिवेशन गत असोज ४ गते अन्त्य भएको थियो।
नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेश सभाको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने बताएका छन्।
१० वटाजति संशोधन र नयाँ विधेयक प्रदेशसभामा ल्याउने तयारी रहेकोले प्रदेश सभामा आउने विधेयकलाई सरोकारवालासम्म छलफल गरेर मात्रै पारित गर्नुपर्नेमा आफ्नो दलले भूमिका खेल्ने बताए।
कोसी प्रदेश सभाको बैठक १२० दिनपछि माघ ७ गतेदेखि बस्दै छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने,
कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस
राष्ट्रिय सभा अधिवेशन पनि आजदेखि प्रारम्भ
बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस
संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी