काठमाडौं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सातौं हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्ने छ ।
पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी सूचना पढेर सुनाउने छन् । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र पनि सभामा सुनाइने छ ।
त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने क्रम सुरु हुने छ ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी हुँदै
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने,
कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस
राष्ट्रिय सभा अधिवेशन पनि आजदेखि प्रारम्भ