काठमाडौं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सातौं हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्ने छ ।
पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी सूचना पढेर सुनाउने छन् । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र पनि सभामा सुनाइने छ ।
त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने क्रम सुरु हुने छ ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको अधिवेशन अन्त्य
राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी हुँदै