तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ।
पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बा.४ ग ५८०१ नम्बरको बसबाट पृथ्वीराजमार्गमा पर्ने छबिसे पुग्दा सहचालक २६ वर्षीय सन्जीब बोहोरा बसबाट खसेका थिए।
पोखरा महानगरपालिका-२८ घर भएका बोहोराको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।
दुर्घटनापछि बसका चालकलाई पक्राउ गरेर घटना अनुसन्धान अघि बढाइएको डीएसपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु