मोरङ । मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीले एक जनाको ज्यान लिएको छ ।
हात्तीको आक्रमणबाट सुन्दरहरैचा नगरपालिका-८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
विगत एक महिनादेखि सुन्दरहरैचाका उत्तरी क्षेत्रमा हात्तीले आतंक मच्चाइरहेका छन् । राति १ बजेतिर घरमा आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको निधन भएको हो ।
बच्चासहित आएको माउ हात्तीले उनीमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । घिमिरेको शव पोष्टमाटमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु