मोरङ । मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीले एक जनाको ज्यान लिएको छ ।
हात्तीको आक्रमणबाट सुन्दरहरैचा नगरपालिका-८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
विगत एक महिनादेखि सुन्दरहरैचाका उत्तरी क्षेत्रमा हात्तीले आतंक मच्चाइरहेका छन् । राति १ बजेतिर घरमा आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको निधन भएको हो ।
बच्चासहित आएको माउ हात्तीले उनीमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । घिमिरेको शव पोष्टमाटमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा आउँदै गरेका १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए
हात्ती धपाउन झापामा विशेष गस्ती