काठमाडौं। प्रतिपक्षी राजनीतिक दलहरूले सरकारको निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिप्रति आपत्ति जनाउँदै संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न माग गरेका छन्।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको दाबी गरेका हुन् ।
महंगी तथा भ्रष्टाचार बढाएको र संसद्लाई बाइपास गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप उनीहरूको छ । संविधानले बहुदलीय प्रतिस्पर्धालाई महत्त्व दिएको भए पनि सरकार दुई दलीय तानाशाहीतर्फ उन्मुख भएको दाबी विपक्षी दलको छ ।
बेपत्ता नागरिक छानबिन तथा मेलमिलाप आयोग गठन प्रक्रिया अवरुद्ध भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।
यस्तो छ विज्ञप्ति
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक
मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध
विपक्षी दलहरूको बैठक बस्दै
रास्वपाको ५ बुँदे प्रस्तावमा सत्ता पक्षलाई मनाउन प्रयास गर्ने विपक्षी दलको निर्णय