काठमाडौं। प्रतिपक्षी राजनीतिक दलहरूले सरकारको निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिप्रति आपत्ति जनाउँदै संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न माग गरेका छन्।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको दाबी गरेका हुन् ।
महंगी तथा भ्रष्टाचार बढाएको र संसद्लाई बाइपास गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप उनीहरूको छ । संविधानले बहुदलीय प्रतिस्पर्धालाई महत्त्व दिएको भए पनि सरकार दुई दलीय तानाशाहीतर्फ उन्मुख भएको दाबी विपक्षी दलको छ ।
बेपत्ता नागरिक छानबिन तथा मेलमिलाप आयोग गठन प्रक्रिया अवरुद्ध भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।
यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेतृत्वको सर्वदलीय संवादपछि विपक्षी दल सिंहदरबारमा छुट्टै छलफलमा
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय