काठमाडौँ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालय नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । कार्य दलले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन बैठक बसेको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
बुधवार बसेको बैठकले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले तयार पारेको ड्राफ्ट शीर्ष नेतालाई बुझाएका हुन् ।
यादवका अनुसार कार्यदलले संसद् छलेर केपी ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेश, सरकारको ६ महिनाको कामकारबाही, सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका लगायत राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनेछ । सोही विषयमा जानकारी दिनका लागि दिउँसो ३ बजे संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेतृत्वको सर्वदलीय संवादपछि विपक्षी दल सिंहदरबारमा छुट्टै छलफलमा
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय