काठमाडौ । रुपन्देहीमा एक मजदुरले अर्का मजदुरको हत्या गरेका छन्। सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यु कामना इँटा उद्योगमा कार्यरत भारतीय नागरिकको नेपाली मजदुरको कुटपिटबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय निष्ठुरी केबट छन्।
कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका –६ घर भएका २० वर्षीया कृष्ण केवटलाई पक्राउ गरेको छ।
कुटपिटबाट गम्भीर घाइते भएका केबटको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो।
मादक पदार्थ खाएपछि उनीहरुबीच झैगडा भएको र त्यही क्रममा कृष्णले निष्ठुरी केवटलाई छाती र टाउकोमा इँटाले प्रहार गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन्।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै