काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन् । एमएस म्युजिक एन्ड इन्टरटेनमेन्टद्वारा आयोजित ‘एभरेस्ट टुरिज्म अवार्ड’ वितरण कार्यक्रममा मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको बताए ।
‘जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन् । हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्नचिह्न उठ्न सक्छ,’ उनले भने, ‘प्रकृतिलाई जोगाउनुपर्ने चुनौती देखिएको छ । जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको छ ।’
उनले हिमाललाई हिमालकै रूपमा रहन दिने गरी विश्वजगत एक ठाउँमा उभिन संयुक्त राष्ट्र संघसमेत चिन्तित हुनुपर्नेमा जोड दिनुपर्ने बताए । उनले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिले ओतप्रोत रहेको बताए ।
नेपाल भ्रमणमा आउने पर्यटकमाथि अतिथिदेवो भवः मन्त्र आत्मसात गर्दै अघि बढ्न उनले अनुरोध गरे । कार्यक्रममा १८ देशका पाहुना तथा स्वदेशीलाई विभिन्न विधाबाट सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको मौलिक पहिचान नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्छ : मन्त्री पाण्डे
संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छ: मन्त्री पाण्डे
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन: मन्त्री पाण्डे
देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छ : मन्त्री पाण्डे
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे