काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि चलेको सरकार ढल्ने चर्चाको खण्डन गरेका छन् । बालुवाटार पुगेका उद्योग व्यवसायीसँग कुरा गर्दै उनले त्यो बजार हल्लामात्र भएको जिकिर गरे ।
उनले भने, ‘अध्यादेश ल्याएपछि कांग्रेस र एमालेको नीति नमिलेर अब सरकार छिट्टै ढल्दैछ भन्ने बजार हल्ला छ । सरकार चाहिँ आपसमा बसेर सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ । प्रभावकारी ढंगले कदम चाल्दैछ ।’
उनले एमाले र कांग्रेसका नेताहरू देश बनाऊँ भन्ने भावनाका साथ अघि बढेको सुनाए ।उनले थपे, ‘केही मान्छेमात्रै हुँदा रहेछन्, आफ्ना स्वार्थका लागि देशको कुनै मतलब छैन । जतिबेला अन्टसन्ट बोल्ने, विरोध गर्ने । तीनलाई आफ्नो पिठो बिकाउनुछ । तर, आम मानिसको चाहना सुशासन र विकाससँग सम्बन्धित हुन्छ ।’
हिजो सिन्धुपाल्चोकको सुकुटे पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसका संस्थापन पक्षका नेताहरूले पनि असन्तुष्टि जनाउन थालिसकेकाले ओली सरकार चाँडै ढल्ने दाबी गरेका थिए ।
अध्यादेशलाई लिएर कांग्रेकै केही नेताले पनि असन्तुष्टि व्यक्त गरेका छन् । सरकारको ६ महिनाको कामको समीक्षा गर्न देउवाले भोलि पार्टीका मन्त्रीहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीको कुर्सीमा टास्सिरहने केपी ओलीको हठ जनतालाई स्वीकार छैन
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
थाईको प्रधानमन्त्रीमा चार्नविराकुल निर्वाचित
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै