काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाइरहे पनि जनता सन्तुष्ट हुन नसकेको टिप्पणी गरेका छन् ।
पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै अध्यक्ष नेपालले नामको मात्रै कम्युनिष्ट भएर नहुने बताए ।
‘हाम्रो पार्टीले बेठिक कुराहरूको विरोध गर्छ, राम्रो कुरालाई प्रोत्साहित गर्छ। सबैलाई विश्वास दिलाउँछ न्याय र निमुखाको आवाज बन्ने पार्टी हुन्छ भनेर । इमान्दार र असल चरित्रलाई प्रोत्साहन गर्छौँ’, उनले भने, ‘कम्युनिष्ट भनिएका पार्टीहरूले मुलुक चलाइरहेका छन् । तर, जनता सन्तुष्ट हुन सकिरहेका छैनन् । कम्युनिष्ट भनेर मात्रै पनि हुँदो रहेनछ। त्यसैले कम्युनिष्टको नाममा गैर कम्युनिष्ट काम गर्न भएन। कम्युनिष्टको नाम र मर्यादा राख्न सक्नुपर्छ । त्याग तपस्या र बलिदानमा कीर्तिमान राख्न सक्नुपर्छ ।’
उनले श्रीलंकाको कम्युनिष्ट पार्टीको उदाहरण दिँदै निराश हुने र अल्छी गर्नेहरूले केही गर्न नसकेको सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव