काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण फलदायी भएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. राणाले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे बाह्र बुँदे ब्रिफिङ गरेकी हुन् ।
संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गत असोज ४ गतेदेखि १४ सम्म अमेरिका भ्रमण गरेको थियो । उक्त भ्रमणमा परराष्ट्र मन्त्री डा. राणा पनि सहभागी थिइन् ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटघाट गरेका थिए । यी लगायतका विषयलाई समेटेर मन्त्री राणाले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे १२ बुँदामा ब्रिफिङ गरेकी हुन् ।
भ्रमणबारे परराष्ट्र मन्त्रीको ब्रिफिङ:
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’
परराष्ट्र मन्त्री राणा इटाली प्रस्थान
परराष्ट्र मन्त्री राणा आज रोम जाँदै
गैरकानूनी रूपमा विदेशमा रहेकाहरूलाई कानूनी प्रक्रिया अपनाउन परराष्ट्र मन्त्रीको आग्रह
परराष्ट्र मन्त्री डा. राणा इटाली र जर्मनी भ्रमणमा जाँदै
इजरायलबाट फर्कन चाहने ८ सय ८५ नेपालीले टिपाए नाम