काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घटेको छ । २६१० बिन्दुबाट सुरु भएको बजार ०.५९ प्रतिशतले घट्दै २५९४ बिन्दुमा पुगेको हो ।
सोमबार १७५ वटा कम्पनीको मूल्य घटेको छ । यसमध्ये आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्यो । ६३ कम्पनीको मूल्य बढ्दा बाराही हाइड्रोपावरको मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।
सोमबार कुल ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार बढी भयो । यो कम्पनीको कुल ४५ करोड २५ लाखको कारोबार भएको छ । सोमबार नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार