धनगढी । कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका-३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा जुवा खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-३ का तपेन्द्र खड्का, विनोद अधिकारी, सुरज ओली, सु सुर्खेतको चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका-२ का कटक थापा, बर्दगोरिया-१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
डीएसपी बोहराका अनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
जुवा खेलाएको आरोपमा एक युवक पक्राउ