बाँके । बाँकेमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। आइतबार जानकी गाउँपालिका ३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा ३४ वर्षीय युवकको मृत्यु भएको हो।
दुर्घटनामा ट्याक्टर चालक पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
दुर्घटनामा नेपालगन्ज –१६ जैसपुरका अन्दाजी ३४ वर्षीय रफिक अन्सारीको मृत्यु भएको हो। अन्सारीले ट्याक्टरमा मजदुरी गर्दै आएका थिए।
दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। उनी पनि घाइते रहेका प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट करमोहनातर्फ जाँदै गरेको भे १ त ९८२६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु