जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दीपेन्द्र मधेसीसहित जनमत पार्टीका दर्जनौँ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्।
आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा जनमत पार्टी पार्टीका नेताहरू प्रवेश गरेको यादवको सचिवालयले जनाकारी दिएको हो ।
जनमत पार्टीका युवा नेताहरू सुभाष मिश्रा, लव ठाकुर, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, नरेश यादव लगायत जनमतका नेताहरू जसपा नेपालमा प्रवेश गरी पार्टी सदस्यता लिएका छन् ।
जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले नवप्रवेशीहरुलाई माला, अबिर, गम्छा लगाएर पार्टीमा स्वागत गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा