काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपा सभापति लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जननासँग बयान सुरू भएको हो ।उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।
सो प्रकरणमा काठमाडौं प्रहरी परिसरले लामिछानेसहित ३९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने आफैँ अदालतमा उपस्थित हुनेगरी छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट