काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि उनका समर्थकले खुसियाली मनाइरहेका बेला संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा भने निकै चिन्तामा परेकाे जस्तो देखिन्छ।
किनभने बिहीबार कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रवि रिहा भएयता छानबिन समितिका सभापति थापाले शुक्रबार बिहानसम्म फेसबुकमा लगालग तीनवटा स्टाटस लेखिसकेका छन् ।’
पछिल्लो स्टाटसमा थापाले कास्की अदालतले धरौटीमा छाडे पनि अझै काठमाडौँ, रुपन्देही, चितवन र पर्सामा सुनुवाइ बाँकी नै रहेको बताएका छन्।
धरौटीमा रिहा हुनुलाई रवि-समर्थकले सफाइ नै पाएजस्तो प्रचार गरिरहेको भन्दै थापाले आक्रोश पनि पोखेका छन्।
‘६५ लाख धरौटीमा रिहा- सफाइ/चचहुई’, थापाले लेखेका छन्, ‘रवि कसुरदार छैनन् भन्ने आधार देखिएन- हिहि।’ उनले स्मरण गराउँदै अगाडि लेखेका छन्, ‘काठमाडौँ, बुटवल, चितवन र वीरगन्ज- सुनुवाइ छ कि!’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘संविधान र संसद्बाट नै निकास खोजौँ’: सूर्य थापा
चीनमा लिपुलेकबारे कुरा उठाएर प्रधानमन्त्रीले देशभक्त नेपालीहरूको प्रतिनिधित्व गर्नुभयो: सूर्य थापा
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा