कैलाली । धनगढीमा अटो रिक्सामा बेहोस भएका एक जनाको मृत्युु भएको छ।
सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४८८७ नम्बरको अटोमा सवार रहेका बेला बेहोस भएका धनगढी उपमहानगरपालिका-४ का ४६ वर्षीय भुवन खत्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराकाअनुसार अटोमा सवार रहेका बेला खत्री एक्कासी बेहोस भएको थिए।
उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। तर उनको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ।
डीएसपी बोहराका अनुसार घटनाको बारेमा सोधपुछका लागि अटो चालक धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय नारायण थापा र अटोमा सवार यात्रु धनगढी-३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु