काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार भेटमा समसामयिक राजनीतिक र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको छ ।
बिहीबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा दुई पार्टीका शीर्ष नेताहरू सहभागी थिए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाललगायतका पनि छलफलमा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?