काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले कुनै पाटीसँग एकता नगर्ने बरु कुनै पार्टी आए एमालेमा मर्ज भने गर्न सकिने बताएका छन् । स्ववियु निर्वाचनका सन्दर्भमा बिहीबार अनेरास्ववियुले आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै ओलीले २०७८ सालमै एकता र एकीकरणको चरण सकिएको बताएका हुन् ।
‘र, हामी अब आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । एमालेमा मर्ज गर्न आए हुन्छ’, ओलीले भने– ‘नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बन्दरबाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे स्थायी कमिटी सदस्य हुँ भन्छ एउटा भुरो । त्यो सँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बस भन्ने कुरा गर्दैन ।
एकता एकीकरणका नाममा बार्गेनका लफडामा नपर्ने भन्दै आफ्नो पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर लैजाने बताए । ओलीले विद्यार्थी इतिहासबारे चर्चा गर्दै एमालेलाई मार्ने र सिध्याउने भनेर कतिपय कराए पनि नसकेको भन्दै झिँगाले सरापेर डिँगा नमर्ने उखान लागू भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन