कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको तयारी गरेको छ । आजै बेलुकासम्ममा आदेश जारी हुने अदालत स्रोतले बतायो ।
देशकै कान्छा न्यायाधीश कहलिएका नितीज राईको इजलासमा थुनछेक बहस भएको हो । अदालतले रविलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने आदेश दिने छ । रविका समर्थकहरू उनी थुनामुक्त हुने प्रतीक्षामा छन् ।
आदेश आउने तयारीसँगै अदालत परिसरमा चहलपहल बढेको छ । रास्वपा नेता-कार्यकर्ताहरू अदालत भित्रबाहिर गरिरहेका छन् । रवि लामिछाने अदालतभित्रै छन् । उनलाई अदालतको थुनुवा विश्राम कक्षमा राखिएको छ । अहिले उनकी पत्नी निकिता पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरेर बसिरहेको स्रोतले बतायो ।
अदालत बाहिर प्रहरीले सुरक्षामा कडाइ गरेको छ । सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ गरिएका छन् । यदि रविलाई छोड्ने आदेश अदालतले दियो भने पनि उनी थुनामुक्त भने हुने छैनन् । अन्य स्थानमा पनि मुद्दा चलेकाले पुन: पक्राउ गरिहाल्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट
रवि लामिछानेको सहकारी ठगी प्रकरणमा वैशाख १४ गते अर्को पेशी तोकियो
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछाने भैरहवाबाट रिहा
रवि लामिछाने चितवनबाट भैरहवा प्रस्थान
भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि