काठमाडौं। विभिन्न मुद्दामा गरेर ६१ वर्ष कैद र तीन लाख ५२ हजार ७७८ रूपैयाँ जरिवाना सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् ।
कपिलवस्तु जिल्ला अदालतका विभिन्न लगत नम्बरहरू १९८०,१९८९,१९९०,१९९१ र १९९२ मा ३ वटा खुन डाँका,एक वटा डाँका तथा एक वटा चोरी मुद्दा गरी जम्मा ५ वटा मुद्दामा विभिन्न मितिमा फैसला भई कैद र जरिवाना सुनाइएका ५७ वर्षीय सोमई भन्ने प्रकाश कहार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय टोलीले कपिलवस्तुको साविक शिवनगर गाविस-५ हाल कृष्णनगर नगरपालिका-१ गुर्चिहवाका कहारलाई यही पुस २३ गते साँझ पक्राउ गरेको हो ।
उनलाई तोकिएको कैद तथा जरिवाना असुलउपरका लागि कपिलवस्तु जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिएको डीएसपी, मोहन मणि अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ