काठमाडौं। विभिन्न मुद्दामा गरेर ६१ वर्ष कैद र तीन लाख ५२ हजार ७७८ रूपैयाँ जरिवाना सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् ।
कपिलवस्तु जिल्ला अदालतका विभिन्न लगत नम्बरहरू १९८०,१९८९,१९९०,१९९१ र १९९२ मा ३ वटा खुन डाँका,एक वटा डाँका तथा एक वटा चोरी मुद्दा गरी जम्मा ५ वटा मुद्दामा विभिन्न मितिमा फैसला भई कैद र जरिवाना सुनाइएका ५७ वर्षीय सोमई भन्ने प्रकाश कहार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय टोलीले कपिलवस्तुको साविक शिवनगर गाविस-५ हाल कृष्णनगर नगरपालिका-१ गुर्चिहवाका कहारलाई यही पुस २३ गते साँझ पक्राउ गरेको हो ।
उनलाई तोकिएको कैद तथा जरिवाना असुलउपरका लागि कपिलवस्तु जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिएको डीएसपी, मोहन मणि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ