काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका-११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।
उनीहरूको साथबाट करिब १४९.११ ग्राम सुन फेला पारेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम सुनसहित फेला पारी प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ