चितवन । चितवनमा ध्वनि प्रदूषण गर्न मोटरसाइकल मोडिफाई गरिदिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गर्दा भरतपुर–९ स्थित ग्यासोलिन इन्फिल्ड मोटरसाइकल ग्यारेजमा काम गर्ने २५ वर्षीय अफसर आलमलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
भारत मोतिहारी घर भई हाल उक्त ग्यारेजमा काम गर्ने उनलाई मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गरेको अवस्थामा पक्राउ गरिएको चितवन प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
मोटरसाइकलबाट चर्काे आवाज निकाली ध्वनि प्रदूषण गरेको जनगुनासोको आधारमा आलमलाई पक्राउ गरिएको मिश्रले बताए । चितवन ट्राफिक प्रहरीले गत पुस २१ गते तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।
ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले बागमती प्रदेशको ऐन अनुसार ७ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ