काठमाडौँ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
तराई क्षेत्रका अन्य विमानस्थल भने खुलेका छन् । नेपालगञ्ज, सुर्खेत, विराटनगर लगायत विमानस्थलमा बिहान ८ बजेदेखि नियमित रुपमा उडान, अवतरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य