काठमाडौँ । भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित चौकीमा क्षति भएको छ । भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । उनले भने, ‘चौकीको भवनमा सामान्य क्षति भएको छ ।’
चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालमा महसुस भएको थियो । सिगात्सेबाट ३५ किलोमिटर टाढा दिङ्गे क्षेत्रमा भूकम्प गएको हो । देशभरको क्षतिको विवरण प्रहरी र स्थानीय निकायहरूले सङ्कलन गरिरहेका छन् ।
भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी