असम नेपाली नाट्य सम्मेलनका स्रष्टाहरुको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०७५, १९ : १७
असम नेपाली नाट्य सम्मेलनका स्रष्टाहरुको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चितवन । चितवन साहित्य परिषद्को आयोजनामा पूर्वोत्तर भारत असम नेपाली नाट्य सम्मेलनका स्रष्टाहरुको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चिसापका अध्यक्ष सुरेन्द्र अस्तफलको सभापतित्व र प्रा डा गोविन्द राज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 
असमेली साहित्य र नेपाली साहित्यबीचको अन्तर्किया गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको कार्यक्षमता संयोजक केदारनाथ खनालले  बताए । कार्यक्रममा छत्रमान सुब्बाले शोणितपुर आसामको नेपाली भाषामा योगदान दिने व्यक्तित्वको विषयमा र चन्दमणि उपाध्यायले आसामका नेपाली स्रष्टाको अनुवाद विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख अतिथि भट्टराईले असमेली कविहरू बहुभाषी भएको उल्लेख गर्दै नेपाली भाषा र साहित्यप्रति असमेली साहित्यकारहरू लागिपरेको बताउनु भयो । 
कार्यक्रममा प्रेमविनोद नन्दन,विष्णु शास्त्री,पुष्प अधिकारी,चेतराज रेग्मी ,गणेश श्रवण, खेमलाल पोखरेल ,धनराज गिरी,प्राञ्जल प्रतिम बोरा ,माधब भट्टराई.  नेपाली र असमी भाषामा कविता सुनाएका थिए । चिसापका सल्लाहकार श्रीभक्त अच्युत वाग्लेले असमीहरूमा  रहेको नेपाली भाषाप्रति सम्मान भाव रहेको उल्लेख गर्दै धन्यवाद उनीहरूलाई धन्यवाद दिए । 

यो अभियान यसअघि त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी झापा,विद्या शिल्प एकेडमी दमक झापा,पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरमा सम्पन्न भएको थियो भने बाँकी कार्यक्रम मौलाकालिका मन्दिर गैडाकोट,सष्टा समाज काठमाडौँ,सुकर्म टोल काठमाडौ,अक्षर मार्ग साहित्य परिषद पनौतीमा क्रमश: गरिने अभियानका प्रमुख ज्ञानबहादुर क्षेत्रीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस