काठमाडौं। जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लूको प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न शुरू गरेका छन् ।जापानमा बर्डफ्लूको यो १९ औं प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ ।
पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुखुरामा बर्डफ्लूको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ ।
इवातेले तीन किलोमिटर (१.८६ माइल)को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पक्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ ।सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त क्षेत्रबाट बाहिर जानबाट रोकिने छ ।
बिहीबार इवातेको अर्को फार्म र मध्य आईची क्षेत्रको एक फार्ममा बर्डफ्लू भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पक्षीलाई नष्ट गर्नुपरेको छ ।
डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पक्षीलाई नष्ट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
५ वर्षलाई नवीकरण भयो जापानमा कामदार पठाउने समझदारी