सर्लाही । उप-प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको बताएका छन् ।
जिल्लाको हरिपुर नगरपालिकामा सहरी विकास मन्त्रालयद्वारा निर्मित व्यावसायिक भवनको शनिबार (आज) उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जनताका आवश्यकता र आकांक्षा वर्तमान सरकारले नै पूरा गर्ने बताउँदै तीनै तहको सरकार मिलेर काम गर्नु पर्ने बताए ।
उनले भने, ‘यो सरकार दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेसहित अन्य दल समेत मिलेर बनेकोले यही सरकारले विकास निर्माणको कामलाई दिगो ढंगले अघि बढाइरहेको छ ।’ उनले उनले यो सरकार बन्नु अघि नै बजेट निर्माण भइसकेकाले कतिपय स्थानीय तहका मागलाई सम्बोधन गर्न कठिनाई भइरहेको बताए । उनले भने,‘हामी प्रसायरत छौँ, नभए आगामी बजेटमा भए पनि स्थानीय तहहरूबाट आउने मागहरूलाई सम्बोधन गछौँ।’
उनले हरिपुर नगरपालिकाको आर्थिक समृद्धिमा नवनिर्मित भवन महत्त्वपूर्ण हुने बताउँदै नवनिर्मित भवनको सञ्चालन, व्यवस्थापन र संरक्षणमा नगरपालिकाले ध्यान दिनु पर्नेमा जोड दिए । जुन प्रयोजनको लागि भवन निर्माण भएको हो सोही प्रयोजनको लागि काम गरेर नगरको आर्थिक उन्नतिमा काम गर्न आग्रह गर्दै बैंक, वित्तीय संस्था, साना व्यवसायीका भवन उपयोगी हुने उनले विश्वास व्यक्त गरे l
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा अस्थिरता बढेकैले कांग्रेस-एमालेले ७ बुँदे सहमति गरेका हुन् : उपप्रधानमन्त्री सिंह
बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएका छन् : उपप्रधानमन्त्री सिंह
चुरे संरक्षणका लागि दोहन रोकौँ’: उपप्रधानमन्त्री सिंह
देशमा केही भएको छैन भन्ने गलत भाष्य भ्रम फैलाउने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण: उपप्रधानमन्त्री सिंह