काठमाडौं। नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यही पुस २५ गते चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा आयोजन गर्ने महोत्सवमा दर्शकले अधिक मन पराएका तीन वटा चलचित्र प्रदर्शन हुनेछन् ।चलचित्र प्रदर्शनपछि ती चलचित्रका निर्माता, निर्देशक र कलाकारहरूले दर्शकसँगै छलफल गर्न सक्नेछन् ।
महोत्सवमा नेपाली चलचित्रका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैत २८ गतेदेखि नवौं भक्तपुर महोत्सव हुने
पौंदी टारी स्कुलले माघ २१ देखि २४ सम्म स्वर्णमहोत्वस मनाउने
आजदेखि फेवाताल किनारमा सडक महोत्सव
धरानमा सांस्कृतिक महोत्सव हुँदै