काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिभन्दा पर बस्न सुझाव दिएका छन् ।
ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै फेरि राजनीतिमा आएर केहीको मात्रै बन्ने कि पर बसेर सामाजिक परिवर्तनको नायक बन्ने भण्डारीकै हातमा रहेको बताए ।
उनले भने, ‘मेरो शुभकामना छ । फेरि राजनीतिमा आउन चाहनुभएको हो कि साथीहरूले इच्छा राख्नुभएको हो कि भन्ने पनि चर्चा छ । यहाँको सफलताको म सम्मान गर्छु यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिले के गर्नुपर्छ भनेर सोध्नुभयो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको । राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता