काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबिच छलफल भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दुई नेतासहित दुवैतर्फका वार्ता टोली सदस्यहरू सहभागी छन् ।
छलफलमा अध्यक्ष नेपालसहित उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालगायत रहेका छन् ।
यसअघि पुस ४ गते गौतम निवासमा नेपाल र गौतमबिच वार्ता भएको थियो भने पुस १५ गते एकीकृत समाजवादीको कार्यालयमा वार्ता भएको थियो । उक्त वार्तामा अभियानका तर्फका नेताहरूको व्यवस्थापनबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल सोमबारभित्र विशेष अदालतमा हाजिर हुने
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल