काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जनाविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
उनीहरूले गाउँपालिका वडा नं. १ मा रहेको स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेर सत्ताइस लाख पाँच हजार एघार र त्यहीको तल्लो बजारको सबै ठाउँको ढलान भत्किई आठ लाख चौतीस हजार तीन सय बीस रुपैयाँ बराबरको गुणस्तरहीन काम गरेको देखिन आएकोले आज विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर