वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । १ सय ६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साको भवानीपुर चोकबाट १ सय ६० किलोग्राम लागु औषध गाँजासहित दुई जना पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।उनका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ स्थितको प्लाष्टि कारखाना अगाडिबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका– ७ का ४४ वर्षीय कृष्ण घलान र चितवन झुरझुरे–३ का २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन् । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा प्रहरीको टोलीले परवानीपुरबाट ड्राइपोर्टतर्फ आउँदै गरेको ना३ख ४२१२ नम्बरको ट्रकबाट गाँजा बरामद गरिएको हो ।
ट्रकभित्र फल्स बनाइ लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा १० किलोग्राम तौल भएको १६ वटा गाँजाको पोको बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
बरामद गाँजासहित ट्रक तथा व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ