वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । १ सय ६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साको भवानीपुर चोकबाट १ सय ६० किलोग्राम लागु औषध गाँजासहित दुई जना पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।उनका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ स्थितको प्लाष्टि कारखाना अगाडिबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका– ७ का ४४ वर्षीय कृष्ण घलान र चितवन झुरझुरे–३ का २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन् । विशेष सूचनाको आधारमा चेकजाँच गर्दा प्रहरीको टोलीले परवानीपुरबाट ड्राइपोर्टतर्फ आउँदै गरेको ना३ख ४२१२ नम्बरको ट्रकबाट गाँजा बरामद गरिएको हो ।
ट्रकभित्र फल्स बनाइ लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा १० किलोग्राम तौल भएको १६ वटा गाँजाको पोको बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
बरामद गाँजासहित ट्रक तथा व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ