काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व ‘तमु ल्होसार’को अवसरमा पर्व मनाउने सबैमा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झलझली सम्झना आउँछ।’
प्रधानमन्त्री ओलीले संस्कृतिमा नेपाली धेरै धनी रहेको उल्लेख गर्दै सबैमा तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की