काठमाडौं । प्रहरी कार्यालय सहयोगी राज कुमार रुम्बाको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । बारा जिल्ला प्रहरीले आज पत्रकार सम्मेलन गरेर रुम्बाको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।
गत पुस ६ गते बाराको सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको ग्रे रंगको इभी कारमा कारभित्र युवक मृत भेटिएका थिए । मृत फेला परेको युवक प्रहरी कार्यालयका सहयोगी रहेको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।मृतक रुम्बा बारा जितपुर सिमरा उपमहानगरपालिका- ०१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत थिए।
पोष्टमार्टमको क्रममा उनको टाउकोबाट गोलीको बुलेट फेला परेको थियो । उनको मृत्युको कारण गन सट भनि शव परिक्षण प्रतिवेदनबाट खुलेपछि हत्या भएको ठहर गर्दै अनुसन्धान अघि बढाएको थियो । उनको हत्यामा संलग्न तीन जनालाई प्रहरी हिजो पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं।१९ घर भई हाल सोही स्थानमा दिनेश सुवेदीको जग्गामा जय माँ इन्जियरिङ वर्कसपको संचालक २७ वर्षीय पुरुषोत्तम कुमार दास र २० वर्षीय ईन्द्रजित कुमार चौहान रहेका छन् ।
उनीहरुको साथबाटपुरुषोत्तम कुमार दासको वर्कसपबाट उनले लगाउने गरेको जिन्स पाइन्टको खल्तीबाट रुम्बाले घाटीमा लगाएको सुनको सिक्रि १ थान बरामद गरेको छ । साथै दासको कालो रंगको क्याट लेखिएको झोला भित्रबाट रुम्बाको पर्स बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट ६ थान मोवाइल
दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल थान-१ बरामद गरेको प्रवक्ता प्रकाश सापकोटाले बताए । मृतक रुम्बा मृत फेला परेको कार राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत तिवारीको भएको खुलेको छ ।
उनीहरुविरुद्ध कसूर दर्ता किताबमा कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भई बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट भइरहेको सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार रुम्बाको हत्या गर्नुको कारण पुरानो रिसिईबी र लुटपाट रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा
नेपाल प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा, यस्तो छ रुट
राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
प्रहरीले सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी ऐन संशोधन
झडपमा परी ६३ जना शिक्षकहरू घाइते