काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।
विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।
विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो