काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन विभाग उपप्रमुखमा शम्भु झा मनोनीत भएका छन् । यसैगरी सचिवमा देवबहादुर दुरालाई मनोनयन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको विभागको बैठकले उनीहरूलाई पदाधिकारी चयन गर्दै विभागलाई पूर्णता दिएको हो ।
जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा पूर्णबहादुर बस्नेत प्रमुख रहेको उक्त विभागलाई पूर्णता दिइएको हो । गत जेठमा जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशन पछि प्रथमपटक बसेको प्रचार विभागको बैठकले प्रदेश, जिल्ला र पालिका स्तरमा प्रचार विभाग गठन गरी देशव्यापी रूपमा त्यसलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ पुस २०८१, १५ : ४९
लेखकबाट थप