काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।
पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय काउन्सिलले गरेको हो ।
यसरी कालोसूचीमा थपिएको २ अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिसलले वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्र हत्या गरेको, समाचारको नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिंग गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो । उक्त अनलाइनविरुद्ध पछिल्ला ४ महिना यता ८ वटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटक पटक आचारसंहिता अनुकूल काम गर्न निर्देशन दिएको थियो ।
त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारबाही गर्ने निर्णय भएको थियो । त्यस्तै, कालोसूचीमा राखिएको हेर्दाहेर्दै डट कमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो ।
दसैँ यता मात्र काउन्सिलले यी दुई सहित विभिन्न ९ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै कालोसूचीमा राखेको छ । आगामी दिनमा गल्ती नदोहोर्याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि ती मध्ये एक सञ्चारमाध्यमको कारबाही फुकुवा समेत भएको काउन्सिल स्रोतले जानकारी दियो ।
आचारसंहिताको पूर्ण पालना गराई स्वस्थ, मर्यादित र विश्वसनीय पत्रकारिता विकास गर्न यसअघि सर्वोच्च अदालत, उच्च अदालतसहितबाट भएका फैसला, नजीरसमेतका आधारमा काउन्सिलले मापदण्ड र कार्यविधि बनाई काम गर्दै आएको छ ।
केही अनलाइन र युट्युब च्यानलले गरेका गलत काम र बेथिति रोक्न अभिमुखीकरण गराउने देखि आचारसंहिताको प्रावधान अनुसार कारबाही गर्न अदालतबाट आदेश जारी भएको थियो । सोही नजिरमा टेक्दै काउन्सिलले कार्यविधि बनाई पछिल्लो समय सक्रियता देखाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम मन्त्रालयका कर्मचारीलाई लागू भयो नयाँ आचारसंहिता
आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए
आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू
निर्वाचन ६० दिन बाँकीः आचारसंहिता चुनावमा बालबालिका प्रयोग गर्न पाइँदैन