एजेन्सी । इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको चेल्सी घरेलु भूमिमा फुलहामसँग २–१ ले पराजित भएको छ।
शानदार कमब्याक गरेको फुलहामका लागि इन्जुरी समयको छैटौँ मिनेटमा वैकल्पिक खेलाडी रोड्रिगो मुनिजले गोल गरे।
खेलको १६ औं मिनेटमा कोल पालमरको गोलमा चेल्सीले अग्रता लिएको थियो। पालमरको यो वर्षको २६ औं प्रिमियर गोल हो।
यसपछि लगातार चेल्सीमाथि आक्रमण गरेको फुलहामले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो। खेलको ८२ औं मिनेटमा वैकल्पिक खेलाडी हेरी विल्सनले गोल गर्दै फुलहामलाई खेलमा फर्काएका थिए।
फुलहामले यस सिजनमा लिभरपुल र आर्सनलसँग पनि बराबरी गरिसकेको छ। जित पछि फुलहाम २८ अङ्कसहित आठौँ स्थानमा उक्लेको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ पुस २०८१, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चेल्सीको पोस्टमा एभर्टनको तीन गोल
काराबाओ कप : सेमिफाइनलमा आर्सनल र चेल्सीको भिडन्त
चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि