काठमाडौँ । एनपीएल खेलको समाप्तिपछि कीर्तिपुर मैदानमा मधेशी युवालाई कुटपिट गरेको भन्दै जनमत पार्टीले त्यसप्रति आपत्ति जनाएको छ । जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले आज एक विज्ञप्ति जारी गरी एनपीएलको फाइनल खेलपछि काठमाडौँमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्टस् समर्थक मधेशी समुदायलाई लक्षित गरी केही युवाले अपमानजनक शब्द प्रयोग गरी कुटपिट गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
त्यस्ता गतिविधि गर्ने व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न समेत जनमत पार्टीले माग गरेको छ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नेपालका शासक र राज्य कति नश्लीय र रंगभेदी छ भनेर आफूहरूले विगत दशकमा बुझ्दै आएको बताएका छन् ।
उनले आफ्नो सचिवालयको फेसबुकमा लेखेका छन्– ‘मङ्सिर १० गते राष्ट्रव्यापी रूपमा मनाउने गरिएको ‘रंगभेदविरूद्धको एकता दिवस’ होस् कि संसदमा रंगभेदी विभेद गर्ने विरुद्ध कानुन ल्याउन दर्ता गरिएको सङ्कल्प प्रस्ताव होस्, जनमत पार्टीले हरेक मोर्चामा सङ्घर्ष गर्दै आएको छ ।
उनले संसद्, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारी र शासक वर्ग सबै नश्लीय भएको र त्यहाँ एउटा पार्टीले मात्र सङ्घर्ष गर्दैमा नपुग्ने बताएका छन् । उनले भनेका छन्- ‘अधिकार र आत्मसम्मान कसैले दिएर पाइने होइन, आफैँले सङ्घर्ष गरेर विजय हासिल गरेरै लिने हो, जसरी जनकपुर बोल्ट्सले विजय हासिल गर्दै एनपिएल जितेको छ, त्यसका लागि राजनैतिक चेतना र अग्रसरता चाहिन्छ, आन्दोलन चाहिन्छ ।
उनले अधिकार र आत्मसम्मान पाउन सङ्घर्ष गर्नुपर्ने समेत बताएका छन् । उनले भनेका छन्, ‘सङ्घर्ष नगरे हजुरबाले पनि त्यही गाली र कुटाइ खाए र हाम्रा नाति नातिनीहरूले पनि त्यही मधिसे, धोती, सीसी बोतल भनेर काठमाडौँमा गाली र कुटाइ खाइ राख्छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ पुस २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत