धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरेका छन् ।सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको उनले जिकिर गरे । तर अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको उनको भनाइ छ ।
उनले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे । कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताए ।
फरक प्रसँगमा बोल्दै उनले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएकोले सरकारले राम्रो काम गर्नुपर्ने बताए ।
सरकारलाई सफल पार्न लागिपरेको बताउँदै उनले जनपक्षीय काम गर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?