एनआई सी एशिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०७५, १९ : १३
एनआई सी एशिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

संखुवासभा । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्गमा खुलेको छ । नयाँ शाखाको  राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उद्घाटन गरे ।

कार्यकारी निर्देशक निरौलाले  सम्पूर्ण स्थानीय निकायमा वाणिज्य बैंकको  शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भएको भन्दै नयाँ शाखा थप गर्दै गएकोमा बैंकको प्रशंसा गरे ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले  बैंकले निजी क्षेत्रको सबैभन्दा ठूलो शाखा संजाल बन्न सफल भएको बताए ।

बैंकको देशभर  २ सय ६४ वटा शाखाकार्यालयहरु, २ सय ६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिइरहेको जनाएको छ ।

बैंकका अनुसार बैंकको वासलातको आकार १९९ अर्ब  रुपैयाँभन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १६७ अर्ब रुपैयाँ तथा कर्जा १३८ अर्ब रुपैयाँ पुगेको छ ।

हालसम्म बैंकका उपभोक्ता संख्या १३ लाख ५० हजारभन्दा बढी रहेको बैंकले जनाएको छ ।

अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको पनि बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस