काठमाडौं। चीनले देशको उत्तरपूर्वी तटमा रहेको कृत्रिम टापुमा संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । डालियान जिन्झाउ खाडीस्थित मानवनिर्मित टापुमा उक्त विमानस्थल बन्ने भएको हो । उक्त विमानस्थल २० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको टापुमा निर्माणाधीन छ ।
चार रनवे र नौ लाख वर्गमिटर क्षेत्रफलमा बन्ने यो विमानस्थलले प्रत्येक वर्ष ५ लाख ४० हजार उडानसँगै ८ करोड यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ । विमानस्थल सन् २०३५ मा सञ्चालनमा आउने बताइएको छ ।
चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वीच्याटमा बन्दै गरेको एयरपोर्टका तस्वीरहरू भाइरल भएका छन् । निर्माण सम्पन्न भएपछि यो हङकङ अन्तर्राष्ट्रिय विमानस्थल र जापानको कान्साई विमानस्थल भन्दा ठूलो बन्नेछ ।
डालियान एयरपोर्ट कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख इन्जिनियर ली जियाङले परियोजना चुनौतीपूर्ण रहेको बताएका छन् ।
७५ लाख जनसंख्या भएको डालियान शहर लामो समयदेखि जापान र दक्षिण कोरियासँगको निकटताका कारण यातायातको केन्द्र रहँदै आएको छ । उक्त शहरमै सञ्चालित डालियान झोसुइजी एयरपोर्टले थप यात्रुसंख्या धान्न नसकेपछि नयाँ विमानस्थल बनाउन लागिएको हो ।
नयाँ विमानस्थल चीनको उड्डयन विकासको एक महत्त्वपूर्ण हिस्सा रहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास