धनकुटा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटामा एक युवक पक्राउ परेका छन् । धनकुटा नगरपालिका–३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ गैरीटोलका २१ वर्षीय लिलाबहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
लिलाबहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको प्रहरीले जनाएका छ । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ