काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अहिलेको सत्ता समीकरणलाई फेल हुन छुट नभएको बताएका छन ।
मंगलबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै काभ्रेपलाञ्चोकका प्रतिनिधि सभा सदस्य समेत रहेका लामो समय राजनीति गरेका राजनीतिक दलको गठबन्धन सरकार बनेकोले यसलाई जोगाएर देशलाई निकास दिनु पर्ने बास्कोटाको जोड छ । ‘नेपालको राजनीतिक संस्थागत राजनीति समीकरण हो, यो फेल भयो भने धेरै कुरा फेल हुन्छ’, उनले भने ।
राणा र राजा विरुद्ध लडेका शक्तिले पनि देश बनाउन सकेनन् र मुलुकलाई आशावादी बनाउन सकेनन् र त्यस प्रति पनि मुलुक निराशामा गयो भने अर्को विकल्प नहुने उनको भनाइ छ । ‘दिनदिनै सत्ता परिवर्तन गर्ने कुरा होइन’, उनले भने ।
प्रेस स्वतन्त्रताको नाममा छाडातन्त्र स्वीकार्य नभएको बताउँदै उनले प्रेस स्वतन्त्रता भित्र पनि स्वनियन्त्रण आवश्यक रहेको उनको भनाइ छ । ‘नेपाली प्रेस पूर्ण स्वतन्त्र छ तर जिम्मेवार, जबाफदेही र दायित्वसहितको हुनु पर्छ’, बाँस्कोटाले भने ।
बाँस्कोटाले स्वतन्त्र व्यक्ति मात्र हुन सक्ने बताउँदै स्वतन्त्र भन्ने पार्टीको नाम नै गलत भएको भन्दै नाम प्रति आपत्ति जनाए । पत्रकारितामा हारजित नहुने बताउँदै बास्कोटाले सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । एकले अर्का प्रति कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्न उनको सुझाव छ ।
समाजलाई सुसूचित गर्न, राजनीतिलाई सही मार्गमा हिँडाउन, विधि र कानुनको शासन पालना गराउन पूर्ण प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेस विभाजित हुन नहुने उनको भनाइ छ । महासंघको १२ औँ जिल्ला अधिवेशनबाट विनोदकुमार न्यौपाने अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन' : गोकुल बास्कोटा
गोकुल बास्कोटाको ओली लक्षित टिप्पणी : 'पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन'
गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए: गोकुल बास्कोटा
पाकिस्तान र बंगलादेशको जस्तो प्रतिशोधको राजनीतिले टुसा हाल्यो : गोकुल बास्कोटा
अव कुलमान–प्रचण्ड पनि मिल्छन् झैँ लाग्छ ! : गोकुल बाँस्कोटा
चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ? : गोकुल बास्कोटा