काठमाडौ । विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेलैमा निर्णय नगर्दा अहिले कक्षा १ का विद्यार्थीको रजिस्ट्रेसन फाराम, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीका लागि आवश्यक पर्ने कक्षा १० को परीक्षा फाराम र कक्षा ११ मा अध्ययनरत विद्यार्थीका रजिस्ट्रेसन फाराममा विलम्ब भएका छन् ।
माध्यमिक तहको शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था कार्यान्वयन गर्ने हो भने सरकारी तहबाट नै सुरुवात गर्नुपर्ने आबाज उठेपछि यो शीर्षकमा शुल्क नलिने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ ।
मन्त्रालयबाट स्पष्ट निर्देशन नआएका कारण राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि फाराम भराउन सकेको छैन । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ पुस २०८१, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन
विद्यालयमा १५ दिन बिदा कटौती
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक
विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने