काठमाडौँ । कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले ७ वटा निर्णय गरेको छ ।
मंगलबारको कठकैले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने, बड्डिचौर-बिउरेनी-बाबियाचौर-विद्दापुर सडक-खण्ड १३.१ किलोमिटरलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८१ लाई संशोधन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
यस्तै प्रोजेक्ट एग्रीमेन्ट गर्न सहमति प्रदान गर्ने, सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य