काठमाडौ । भक्तपुरको नलिन्चोकमा गएराति मोटरसाइकलको ठक्करबाट ७० वर्षका वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर-४ घर भइ हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका-१० नलिन्चोकमा डेरा गरि बस्ने ७० वर्षीय निमबहादुर मगर रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले गएराति १० बजे नलिन्चोकमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते उनलाई उपचारको लागि मध्यपुर अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकल चालक काभ्रेको बनेपा-६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु