एजेन्सी । इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल घरेलु भूमिमा एभरटनसँग गोलरहित बराबरीमा रोकिएको छ।
७६ प्रतिशत बल पोजिसनका बाबजुद निराश आर्सनलले तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरीलाई छोट्ट्याउने अवसर समेत गुमाएको छ। लिभरपुल पनि फलहामसँग २-२ गोलको बराबरीमै रोकिएको छ।
अन्य खेलमा न्यु क्याशलले लिसेस्टर सिटीलाई ४–० ले हरायो भने इप्सबिच टाउनले उल्भ्ससँगको खेलमा २–१ को सफलता पायो। नटिङघम फरेस्टले अस्टन भिल्ला माथि २–१ को सफलात पायो।
तालिकामा लिभरपुल ३६ अङ्कसहित शीर्ष स्थानमा छ भने चेल्सी ३१ अङ्कसहित दोस्रो तथा आर्सनल ३० अङ्कसहित तेस्रो स्थानमा छन्।
फरेस्ट २८ अङ्कसहित चौथो स्थानमा छ भने भिल्ला २५ अङ्कसहित पाँचौँ स्थानमा छ। फुलहाम २४ अङ्क सहित नवौँ स्थानमा छ। न्यु क्याशल २३ अङ्कसहित ११ औं स्थानमा छ।
लिसेस्टर १४ अङ्कसहित १६ औँ, उल्भ्स ९ अङ्क सहित १९ औँ तथा इप्स १२ अङ्कसहित १८ औं स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० मंसिर २०८१, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी